इलाम – इलाम नगरपालिका–८ स्थित सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ ।
केही चिज गाडिएको जस्तो देखिएको ठाउँमा शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग–अलग भएको अवस्थामा शव भेटिएको स्थानीयले बताएका छन् ।
हातसमेत काटिएको अवस्थामा खाल्डोमा महिलाको शव भेटिएको हो । केही दिनअघिदेखि बेपत्ता रहेकी सोही ठाउँकी विनिता काफ्लेको शव पहिचान भएको स्थानीयले बताएका छन् ।
अन्दाजी २५ वर्षकी काफ्ले १४ वैशाखदेखि बेपत्ता थिइन् । घरदेखि दुईसय मीटर टाढा गाडेको अवस्थामा उनको शव भेटिएको हो ।
वैदेशिक रोजगारीमा गएका उनका श्रीमानको पनि गत वर्ष विदेशमै मृत्यु भएको थियो । प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि इलाम अस्पताल लगेको छ ।