- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– ‘विकास र पारदर्शिताको अभियान परिवर्तनका पक्षमा गठबन्धनका चिन्हमा मतदान’ भन्ने मुख्य नारासहित विर्तामोड नगरपालिकाका लागि संयुक्त गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा विर्तामोड नगरको पूर्वाधार विकास निर्माण, कृषि, उद्योग–ब्यापार–ब्यवसाय, शिक्षा, पर्यटन विकास र वातावरण, स्वास्थ्य, सेवा र सामाजिक सुरक्षा, सुशासन र जवाफदेहितालाई समेटिएको छ ।
संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विर्तामोडका लागि मेयरका उम्मेद्वार एवं नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, उपमेयरका उम्मेद्वार एवं नेकपा माओवादी नेता सिपि कडरिया, १ नम्बर वडाअध्यक्ष पदका उम्मेद्वार बलराम कार्की लगायतले संयुक्त रुपमा उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि थेवेले लोकतन्त्रको संस्थागत विकास, संविधान र प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धन दलहरु साझा मोर्चा बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएको बताउँदै यसको इमान्दार पालना गर्न कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा मेयरका प्रत्यासी उम्मेद्वार भोजराज सिटौलाले आफू नेतृत्वको टिम निर्वाचित भए अहिले गरेका हु–बहु प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने दावी गरे ।
उपमेयरका प्रत्यासी उम्मेद्वार कडरियाले संविधान बचाउने मिसनका लागि गठबन्धन भएको र यसको निरन्तरता जरुरी रहेको बताए ।
गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा डोमालाल रङ्गशालालाई ब्यवस्थित गरी खेलकुद र ब्यायामशालाको रुपमा विकास गर्ने, विर्तामोडलाई ब्यापारिक ब्यावसायिक, शैक्षिक र स्वास्थ्य उपचारको हब बनाउने, खोलाको पानीको एकीकृत निकासका लागि संयुक्त करिडोर निर्माण गरी बर्षाको पानी ब्यवस्थापन गर्ने उल्लेख छ ।
‘यसैगरी किसान नै हाम्रो पहिलो साथीः कृषि क्षेत्र सबैभन्दा माथि’ नारासहित डिप बोरिङमार्फत सिंचाईको ब्यवस्थापन गर्ने, सिंचाईमा विद्युत महशुलमा सहुलियत दिने, कृषि उपज बजारलाई आधुनिक र ब्यवस्थित बनाउने, कृषकहरुको नगर सहकारी स्थापना गर्ने लगायतका विषय समेटिएका छन् ।
विर्तामोडलाई स्मार्ट सिटी बनाउने, उद्योग दर्तामा सहुलियत दिने , रात्रिकालीन बजार ब्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा समेटिएको छ । कक्षा–८ सम्म पढाइ हुने विद्यालयको स्तरीकरण लगायतका योजनाहरु प्रतिबद्धतापत्र मार्फत अघि सारिएको छ ।
जेष्ठ नागरिक पार्क निर्माण, पार्किङ समस्या समाधानका विषय पनि समेटिएको छ । सुकुम्बासीलाई आबासको ब्यवस्था, विपन्न वर्गको मृत्यु संस्कारमा २० हजारसम्म सहयोग, गर्भवती महिला र शिशुको स्वास्थ संरक्षणका लागि पोषण प्याकेज लगायतका प्रतिबद्धता जनाइएको छ ।