बाह्रदशीमा एमालेको घरदैलो अभियान
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड । नेकपा एमाले बाह्रदशीका उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेद्वारहरु घरदैलौ अभियानमार्फत मतदाता भेटघाटमा जुटेका हुन् ।
मनोनयन दर्तापछि निरन्तर घरदैलो अभियान सञ्चालन गरिहरेका उम्मेद्वारहरुले बाह्रदशीको विकासका लागि एमालेलाई मतदान गर्नुपर्ने भन्दै भेटघाटलाई तीब्र बनाएका छन् ।
नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा देवेन्द्र चम्लागाई, उपाध्यक्षमा शान्ता खरेल उम्मेद्वार बनेका छन् । उनीहरुले बाह्रदशी हरेक दृष्टिकोणले पछाडि परेको भन्दै अबको नेतृत्व एमालेका उम्मेद्वारले गर्ने बताएका छन् ।
बाह्रदशीको विकासलाई नमूना बनाएर देशभरमै उत्कृष्ट गाउँपालिका बनाउने योजनासहित उम्मेद्वारहरु मतदाता भेटघाटमा सक्रिय भएका छन् । घरदैलो अभियानमा स्थानीय नेतादेखि केन्द्रीयस्तरका नेताको सहभागिता रहेको छ ।