- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले आज १० नम्बर वडामा मतदाता भेटघाट कार्यक्रम गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमत हासिल गर्दै विजयी हुने लक्ष्य लिएको एमालेले उम्मेद्वारसहित मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको हाृे ।
नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकामा मेयरका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयरकी उम्मेद्वार खड्गमाया पराजुलीसहित एमालेले आज अर्जुनधारा–१० मा मतदाता भेटघाट कार्यक्रम गर्दै बिभिन्न स्थानमा कोणसभा सम्पन्न गरेको छ ।
वडाका बिभिन्न स्थानमा भएको कोणसभामा मेयरका प्रत्यासी गोम्देन र उपमेयरकी प्रत्यासी पराजुलीले आफुहरु अर्जुनधारालाई नमुना स्थानीय तह बनाउने भिजनका साथ चुनावी मैदानमा आएको बताए ।

केही स्थानमा भएको कोणसभामा स्थानीय जनताले मेयर र उपमेयर पदका आकांक्षीहरुसँग आफ्नो क्षेत्रका समस्याहरु समेत राखेका थिए । उम्मेद्वारले स्थानीय जनताको सम्पूर्ण समस्याको हल गर्दै नगरपालिकाको विकास गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।
एमालेको तर्फबाट वडा नम्बर १० का वडाध्यक्षका उम्मेद्वार भुपेन्द्र न्यौपाने, सदस्य पदका उम्मेद्वारहरु रुपेश लिम्बु, डम्बरबहादुर धौराली, तुलसा बिष्ट महतारा र सीता परियारले पनि जनतासमक्ष भेटभाट गर्दै सूर्य चिन्हमा मतदान गरी आफुहरुलाई विजयी गराउन आग्रह गरेका छन् ।