- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहका साथ चलिरहेको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतका साथ विजयी हुने लक्ष्य राखेर एमालेले अर्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको हो ।
एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको छ । घरदैलोमा मेयरका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयरकी उम्मेद्वार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दीपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमख हरिकुमार राना लगायतका नेताको सहभागिता थियो ।

८ नम्बर वडामा आज भएको घरदैलोमा एमालेबाट वडाअध्यक्ष पदका उम्मेद्वार कुमार प्रसाद उप्रेतीसहित सदस्य पदका उम्मेद्वारहरु ऋषिप्रसाद घिमिरे, मनोजकुमार रैका थापा मगर, मञ्जु टुडु र सुजता रसाइली मेयर उपमेयरको उम्मेद्वारसँगै घरदैलोमा सहभागी भएका छन् ।

५ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा मेयर उपमेयरको उम्मेद्वारसहित वडाअध्यक्ष पदका उम्मेद्वार डम्बरकुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्म प्रसाद खनाल, रोहितकुमार चौधरी, चन्द्रकुमारी तामाङ र रीता नेपाली सहभागी भएका छन् ।
नेकपा एमाले अर्जुनधाराको घरदैलोमा एमाले कार्यकर्ता र जनताको उत्साहजनक उपस्थिति देखिएको छ । यस अघिको निर्वाचनमा एमालेले अर्जुनधारा नगरपालिकामा मेयर उपमेयरसहित बहुमत प्राप्त गरेको थियो ।
एमाले अर्जुनधाराले भोली बिहीबार मेयर उपमेयरको उम्मेद्वारसहित ६ र ११ नम्बर वडामा वडाका उम्मेद्वारसहित घरदैलो गर्ने जनाएको छ । यसअघि एमाले उम्मेद्वारले हिजो मंगलबार ७ र ५ नम्बर वडामा घरदैलो गरेका थिए ।