१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

शनिवार र आइतबार विद्यालय पनि बन्द !



बिर्तामाेड– सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयको प्रभाव विद्यालयमा पनि पर्ने भएकाे छ। शनिबार र आइतबार दुवै दिन शिक्षण संस्था बन्द हुने भएका हुन्।

मन्त्रिपरिषद् बैठकले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सरकारले अर्थतन्त्र जोखिममा परेको जनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९.३० बजेदेखि साँझ ४.३० बजेसम्म सञ्चालन हुनेछन् । विद्यार्थीको पढाइमा असर नपुग्ने गरी अरु सार्वजनिक बिदा कटौती गरिने मन्त्री पौडेलले बताए।

सरकारी निर्णयअनुसार जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन बिदा हुनेछ । घोषित बिदालाई सरकारले परीक्षणका रुपमा मात्रै लागू गर्नसक्ने सम्भावना रहेको मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ००:००  ६ : ५१ बजे