- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैशाख १५ गते बिहीबार झापाको बिर्तामोड आउने भएका छन्। स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओली बिर्तामोड आउन लागेका हुन् ।
भोलि दिउँसो ४ बजे अध्यक्ष ओलीले बिर्तामोडको अग्रसेन भवनमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
नेकपा एमालेले बिर्तामोड नगरपालिकाको प्रमुखका रुपमा प्रभावशाली महिला नेतृ पवित्रा महतारा प्रसाईंलाई उम्मेदवार बनाएको छ । उपप्रमुखका रुपमा नगेन्द्र संग्रौला एमालेका तर्फबाट चुनावी मैदानमा छन्।
एमालेका उम्मेदवारलाई अधिक मतले विजयी गराउन आह्वानसहित अध्यक्ष ओलीले बिर्तामोडका मतदातालाई सार्वजनिक रुपमा अपिल गर्ने जनाइएको छ।














