२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

सेनाले माग्यो चार अर्ब, सरकारले दियो २६ करोड




झापा– स्थानीय तह निर्वाचनका लागि सरकारले सुरक्षाको चौथो घेरामा नेपाली सेना परिचालन गर्ने भएको छ । निर्वाचन प्रयोजनका लागि ७५ हजार भन्दा बढीको संख्यामा सेना परिचालन गर्ने सरकारी तयारी छ ।

सेनाले निर्वाचन सुरक्षाका लागि सरकारसँग चार अर्व रुपैयाँ मागेको छ । तर, माग अनुसार तत्काल रकम दिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले निर्वाचन खर्चका लागि सेनाले मागे भन्दा धेरै थोरै रकम निकासा गरिएको बताए ।

सरकारले सेनालाई २६ करोड रुपैयाँ मात्रै निकासा दिएको छ । माग अनुसार सवारी खरिद, सञ्चार उपकरण, खाजा, विशेष भत्तालगायतको बजेट निकासा नभएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ००:००  ६ : १७ बजे