- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
बिर्तामोड– उमेद्वारी मनोनयन दर्तापछि दलहरु भोट माग्न घरदैलो अभियानमा जुटेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियान सुरु गरेका हुन् ।
आफ्नो पार्टीका उमेद्वारसहित दलहरु टोल–टोलमा पुगेर भोट मागिरहेका छन् । हिजो मनोनयन दर्ता गराएका दलले आज बिहानदेखि अभियान सुरु गरेका हुन् ।
बिर्तामोडमा एमाले नगर कमिटीले हिजो बिहानदेखि चुनावी प्रचार अभियान सुरु गरेको थियो । नेपाली कांग्रेसले आजदेखि अभियान सुरु गरेको छ ।
बिर्तामोडमा एमालेका तर्फबाट नगर प्रमुखमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला उमेद्वार छन् । प्रसाई यसअघि उपप्रमुख थिइन् । कुनै विवादमा नपरी पाँच वर्षे कार्यकाल कुशलतापूर्वक निर्वाह गरेकी प्रसाईलाई जिताउने अभियानमा महिला दिदीबहिनीको सक्रियता छ ।
वडाध्यक्षका रुपमा भ्रष्टाचारविरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्दै आएका संग्रौला जनताले विना झञ्झट सार्वजनिक सेवा पाउनु पर्छ भन्ने मान्यताका दृढ पक्षपाती हुन् ।
कांग्रेसले नगर प्रमुखका रुपमा भोजराज सिटौलालाई उमेद्वार बनाएको छ । जलकुमार गुरुङलाई मेयर बनाउनु पर्छ भन्ने अभियानमा लागेका कांग्रेस कार्यकर्ता सिटौलाले टिकट पाएपछि रुष्ट छन् । यद्यपि, पार्टीको युवा सर्कल सिटौला जिताउने अभियानमा लागेको छ । सिटौला यसअघि वडाध्यक्ष थिए ।

गठबन्धनमा भएको भागवण्डा अनुसार उपपमेयरमा माओवादी केन्द्रबाट सीपी कडरिया उमेद्वार छन् । अघिल्लो निर्वाचनमा मेयरमा उठेर हारेका कडरियाले अध्ययनशील नेताको छवि बनाएका छन् ।
एकीकृत समाजवादीले पत्रकारिता पृष्ठभूमिका तीर्थ सिग्देललाई उपप्रमुखको उमेद्वार बनाएको छ । यसअघि उनले नगरपालिकामा प्रेस सल्लाहकारको भूमिका पनि खेलेका थिए । अब्बल लेखकीय क्षमता भएका सिग्देलले बिर्तामोडको विकासका लागि २५ बूँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा ध्रुव उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेललाई उठाएको छ । उप्रेती पार्टीका जिल्ला उपाध्यक्ष हुन् । सामाजिक अभियानमा निरन्तर सक्रिय प्याकुरेल राप्रपा नगर अध्यक्ष छिन् ।
















