
एमाले बिर्तामोड : पवित्रा र नगेन्द्र प्रमुख उपप्रमुखका उमेद्वार
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा–नेकपा एमालेले बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौलालाई उमेद्वार बनाउने निर्णय गरेको छ । आज अपरान्ह एमालेको प्रदेश कमिटीले उनीहरुको नाममा सहमति गरेको हो ।
नगर उपप्रमुख रहेकी महतराले टिकट पाउने सम्भावना बढेपछि शुक्रवार पदबाट राजीनामा दिएकी थिइन् । वडाध्यक्ष रहेका सङ्ग्रौलाले पनि राजीनामा बुझाएका थिए ।
नगर प्रमुखका आकांक्षी रहेका सङ्ग्रौला पार्टीको आन्तरिक मतदान प्रक्रियामा सहभागी हुँदा तेस्रो भएका थिए । पार्टीले उनैलाई उपप्रमुखका रुपमा टिकट दिएको हो ।
प्रसाईले कार्यकर्ताको अभिमत अनुरुप पहिलो मतभार पाएकी थिइन् । अन्तत एमालेले कार्यकर्ता पङ्तिबाट प्रकट भएको अभिमतलाई औपचारिक रुपमा अनुमोदन गरेको हो ।