
जनप्रतिनिधिद्वारा धमाधम राजीनामा
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा– स्थानीय तहमा उम्मेदवारी दिन शुक्रबार झापाका विभिन्न स्थानीय तहका १ सय ५० भन्दा बढी जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । आइतबारसम्म यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।
पार्टीबाट टिकट पाउने ग्रिन सिग्नल पाएका जनप्रतिनिधिले पदबाट धमाधम राजीनामा दिएका हुन् । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं र ८ जना वडाध्यक्षसहित २८ जनाले शुक्रवार पदबाट राजीनामा दिएका छन् ।
प्रसाई एमालेबाट नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा छिन् । कांग्रेससहितको गठबन्धनबाट बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला पनि नगर प्रमुखको उम्मेदवार बन्ने दौडमा छन् ।
दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् । उनले पनि एमालेबाट नगर प्रमुख पदमा उम्मेदवार बन्नका लागि राजीनामा दिएको बताइन् । १० वटा वडा रहेको दमकका ८ जना वडाध्यक्षले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।
वडा सदस्यको पनि राजीनामा आउने क्रम जारी रहेको नगर प्रमुख रोमनाथ ओलीले बताए । गौरीगन्ज गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सबै ६ जना वडाध्यक्षसहित २८ जनाले राजीनामा दिएका छन् ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र ६ जना वडाध्यक्षसहित २५ जनाले राजीनामा बुझाएका छन् ।