- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
झापा–एपीवान टेलिभिनका सम्वाददाता पत्रकार विष्णु श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा देउकुमारी श्रेष्ठको ८९ वर्षको उमेरमा गएराति झापाको खुदुनावारीमा निधन भएको हो ।
मुटुमा समस्या आएपछि दुई साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनी खुदुनावारीस्थित छोराको घरमा आराम गरिरहेकी थिइन् । साँझ सकुशल रहेकी श्रेष्ठ राति अकस्मात सिकिस्त भएको पारिवारिक स्रोतले जनाएको छ ।
धार्मिक व्यक्तित्वकी धनी श्रेष्ठकोे पार्थिव शरीरलाई आज साढे १२ बजेसम्म झापाको शनिश्चरेस्थित घरमा श्रद्धाञ्जलिका लागि राखिनेछ । दिउँसो १ बजे कनकाई माइमा जातिय परम्परा अनुसार उनको दाहसंस्कार हुने जनाइएको छ ।
उनका श्रीमान् रामबहादुर श्रेष्ठ, पाँच जना छोरा र तीन छोरी रहेका छन् । रामबहादुर सामूहिक उद्धार तथा उपकार संघका पूर्व अध्यक्ष एवम् जेष्ठ नागरिकका अगुवा हुन् ।


















