- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा–एपीवान टेलिभिनका सम्वाददाता पत्रकार विष्णु श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा देउकुमारी श्रेष्ठको ८९ वर्षको उमेरमा गएराति झापाको खुदुनावारीमा निधन भएको हो ।
मुटुमा समस्या आएपछि दुई साताअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनी खुदुनावारीस्थित छोराको घरमा आराम गरिरहेकी थिइन् । साँझ सकुशल रहेकी श्रेष्ठ राति अकस्मात सिकिस्त भएको पारिवारिक स्रोतले जनाएको छ ।
धार्मिक व्यक्तित्वकी धनी श्रेष्ठकोे पार्थिव शरीरलाई आज साढे १२ बजेसम्म झापाको शनिश्चरेस्थित घरमा श्रद्धाञ्जलिका लागि राखिनेछ । दिउँसो १ बजे कनकाई माइमा जातिय परम्परा अनुसार उनको दाहसंस्कार हुने जनाइएको छ ।
उनका श्रीमान् रामबहादुर श्रेष्ठ, पाँच जना छोरा र तीन छोरी रहेका छन् । रामबहादुर सामूहिक उद्धार तथा उपकार संघका पूर्व अध्यक्ष एवम् जेष्ठ नागरिकका अगुवा हुन् ।
















