- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
झापा– नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय वोर्ड गठन गरेको छ । पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१ एक को ‘ख’ बमोजिम कांग्रेसले जिल्ला संसदीय वोर्ड गठन गरेको हो ।
वोर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, वोर्ड सचिवमा कृष्ण हुमागाई र नवीन विमली रहेका छन् । सदस्यमा उपसभापतिद्वय शेरवहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्रप्रसाद राजवंशी, कमल भण्डारी तथा सभापति पदका प्रत्यासी राम कट्टेल रहेका छन् ।
जिल्ला सदस्य मध्येबाट सभापतिले मनोनयन गर्ने पाँच जना बोर्ड सदस्यमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, लीला चियरिया र सरस्वती सेढाई सदस्य छन् ।
विधान अनुसार जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येबाट महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केशवकुमार वुढाथोकी, सरिता प्रसाई, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल र १ नम्वर सभापति उद्धव थापा पदेन सदस्य रहेका छन् ।
नेपाली कांग्रेस झापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीभित्र आन्तरिक अनुशासन कायम राख्न तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । गठित समितिको सभापतिमा पार्टी सभापति थेवे र सदस्यहरुमा पार्टी उपसभापति शेरवहादुर भट्टराई र केशवराज पाण्डे रहेका छन् ।














