१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

भन्सार छलेको विस्कुटसहित कन्टेनर नियन्त्रणमा



काँकडभिट्टा– भन्सार छलेर नेपाल भित्रिएको विस्कुट बोकेको एउटा कन्टेनरलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर–६ स्थित पूर्व पश्चिम राजमार्गबाट मंगलवार राति ११.३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उक्त कन्टेनर नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपाल आएको कन्टेनर चेकजाँच गर्दा भन्सार छलेर ल्याइएको विस्कुट फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । ‘कन्टेनरमा भन्सार छलेर ल्याएको २० लाख मूल्य बराबरको विस्कुट भेटियो’, प्रवक्ता पाठकले भने ।

प्रहरीले कन्टेनर चालक भारतीय नागरिक २२ वर्षीय शिश्राम गोर्सीलाई नियन्त्रणमा लिएको छ । विस्कुटको २० लाख र कन्टेनरको २५ लाख गरी ४५ लाखको मूल्याङ्कनसहित चालकलाई मेची भन्सार कार्यालयमा बुझाइएको डीएसपी पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ००:००  ९ : ५१ बजे