- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– सत्ता गठबन्धनका दलले झापामा स्थानीय तहको चुनावी तालमेललाई फराकिलो बनाउने निर्णय गरेका छन् । आज बिर्तामोडमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । एमालेविरुद्धको मोर्चाबन्दीलाई अझै कसिलो बनाउने र निर्वाचनमा जीत हासिल गर्ने रणनीति सत्ता गठबन्धनको छ ।
बैठकले सहमति हुन बाँकी रहेका स्थानमा गठबन्धन दलको जिल्ला नेतृत्वले सहजीकरण गरेर तालमेललाई निष्कर्षमा पु¥याउने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।
कांग्रेस सभापति देउकुमार थेवेको सभापतित्वमा भएको गठबन्धन दलको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामी सन्देश, संविधानसभा सदस्य मोहन टुडु, माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरिया, माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राई लगायतको सहभागीता रहेको थियो ।