- बस दुर्घटनामा तीन जनाको मृत्यु
- इटहरीकाे सेन्टर प्लाजामा आगलागी : नाै जनाको उद्धार, आगाे निभाउन १२ वटा दमकल परिचालन
- माध्यमिक शिक्षा परीक्षामा आठ हजार विद्यार्थी अनुपस्थित
- मान्छे किन्ने बेच्नेलाई २० वर्ष कैद र ५ लाख जरिवानाको प्रस्ताव
- १० वर्षमा ८२ लाख नागरिक बसाईं सरे : पहाड छोड्नेको सङ्ख्या अत्याधिक
काँकडभिट्टा– स्थानीय तह निर्वाचनको मुखमा एमालेका स्थानीय नेता डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आफूलाई नगर प्रमुखमा उठ्न नदिन चौतर्फी रुपमा छेकवार गरिएको जनाउँदै उनले पार्टी परित्याग गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएका हुन् । राजनीतिमा लामो समय बिताएका घिमिरे यस पटक जसरी पनि नगर प्रमुखको टिकट आफूले पाउनुपर्ने अडानमा थिए ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता घिमिरेले आफूमाथि पटक–पटक अन्याय भएको र यसपटक अन्याय सहेर बस्ने अवस्था नरहेका कारण पार्टीका सबै जिम्मेवारीबाट अलग भएर स्वतन्त्र बस्ने निर्णय गरेको बताएका छन् । उनी तत्कालीन काँकडभिट्टा गाविसका पूर्व अध्यक्ष हुन् । २०४१ सालदेखि घिमिरे एमालेको राजनीतिमा जोडिएका व्यक्तित्व हुन् ।
सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्, ‘पटक–पटक ममाथि भएको अन्याय सहन सकिन । एउटैलाई थपिथपि जिम्मेवारी र अरुलाई अवसरबाट बञ्चित गर्ने चरम् गुटबन्दीका नाइकेहरुसँग बसेर पटक–पटक अन्याय सहनु भन्दा स्वतन्त्र ज्रीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएँ । मलाई माया गर्नु हुने सम्पूर्ण मित्रहरूसँग क्षमा चाहन्छु ।’
दोस्रो स्टाटसको अन्त्यमा नेता घिमिरेले भनेका छन्, ‘मलाई माया गर्नु हुने नगरबासी बुबाआमा दिदीबहिनी दाजुभाइहरुको सेवामा सकेसम्म लागिरहने छु । साथै तपाईँहरुले मलाई मतदान गर्ने ठाउँ पनि पाउनु हुनेछ । अझ बढी साथ र सहयोगको अपेक्षा गर्दछु ।’
नेता घिमिरेको दोस्रो स्टाटसमा प्रयोग भएको ‘तपाईँहरुले मलाई मतदान गर्ने ठाउँ पनि पाउनु हुनेछ’ भन्ने वाक्यांशलाई आधार मान्ने हो भने उनी अर्काे पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिने सम्भावनालाई जीवित राखेको एमालेका एक नेताले बताए । ‘जिम्मेवारीबाट हटेर स्वतन्त्र बस्छु भन्नु भएको छ । फेरि चुनावकै मुखमा तपाईँहरुले मलाई मतदान गर्ने ठाउँ पनि पाउनु हुनेछ भनेर लेखेको देख्दा यो भन्दा फरक अनुमान गर्न सकिएन’, ती नेताले भने ।
स्थानीय तह निर्वाचनको लागि आकांक्षी उमेदरवारबीच पार्टीका तर्फबाट गरिएको आन्तरिक मतदानमा घिमिरेलाई तेस्रो मतभार प्राप्त भएको थियो । मेयरका आकांक्षी प्रदेश सांसद समेत रहेका गोपाल बुढाथोकीलाई कार्यकर्ताले पहिलो प्राथमिकतामा राख्दै मतभार दिएका थिए । यसमा घिमिरेको तीब्र असन्तुष्टि छ ।
आफ्नो कार्यकाल नौ महिना बाँकी छँदै मेयर बन्न आएको भन्दै घिमिरेले बुढाथोकीमाथि सामाजिक सञ्जालमा नाम तोकेरै चर्काे आलोचना र विरोध गरेका छन् । पार्टीका सह इन्चार्ज रविन कोइराला र बाग्मती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईलाई पनि उनले घुमाउरो भाषामा कटाक्ष गरेका छन् । आफूलाई नगर प्रमुखमा रोक्न कोइराला र प्रसाईले मुख्य भूमिका खेलेको उनको आरोप छ ।