- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
विर्तामोड– खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिने प्रशिक्षण शनिवार झापाको कनकाई–१ दुर्गापुरमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गरेका थिए । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा खोजपत्रकार तथा सम्पादक मोहन मैनालीले प्रशिक्षण दिइरहेका छन् ।
नगर प्रमुख पोखरेलले समाचार खोजमूलक र तथ्यखाले पूर्ण हुनु पर्नेमा जोड दिए । समाचार खोज गर्दा र लेख्दा पत्रकार राजनीतिक आस्था तथा पूर्वाग्रहबाट मुक्त हुनुपर्ने उनले बताए । नगर उपप्रमुख मञ्जु दाहाल प्रसाईले पत्रकारले मिथ्या सूचना सम्प्रेषण गर्न नहुने र त्यसबाट बच्नु पर्ने बताइन् ।
प्रशिक्षक मैनालीले वर्तमानमा पत्रकारितामा मिथ्या सूचना चुनौति बनेको बताए । उनले खोजमुलक र तथ्यपूर्ण पत्रकारिता गर्नु पत्रकारको कर्तब्य भएको बताए । उनले प्रोएक्टिभ जर्नालिज्ममा जोड दिए ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको प्रशिक्षण उद्घाटनको कार्यक्रम सञ्चालन सचिव डिकेश लामाले गरेका थिए । उक्त अवसरमा प्रशिक्षक मैनालीलाई महासंघ झापाको तर्फबाट कदर पत्र प्रदान गरिएको छ ।
प्रमुख अतिथि पोखरेल, महासंघका अध्यक्ष गिरी र नगर उपप्रमुख प्रसाईले संयुक्त रुपमा मैनालीलाई कदरपत्र प्रदान गरेको महासंघका सहसचिव अर्जुन राजवंशीले जानकारी दिए ।