१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

न्यौपाने समुदायका बन्धु सम्मानित




सन्तोष न्यौपाने झापा ।
न्यौपाने बन्धु समाज नेपाल जिल्ला समन्वय समिति झापाले बार्षिक साधारणसभाको अवसर पारेर बन्धु समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

कनकाईको कोटिहोममा रहेको समाजको भवनमा आज आयोजित सातौँ जिल्ला अधिवेशनको अवसरमा जिल्लाका बिभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा झापाका साहयक प्रमुख जिल्ला अधिकारीद्धय चोमेन्द्र न्यौपाने र रुद्र न्यौपाने, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद न्यौपाने, दमक नगरपालिकामा कार्यरत उपसचिव दिनेशकुमार न्यौपाने छन् ।

जिल्लाका बिभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुहरुले कार्य सम्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित ब्यक्तिलाई कार्यक्रमका प्रमुख अतिथि न्यौपाने बन्धु समाज नेपाल प्रदेश १ अध्यक्ष कृष्णप्रसाद न्यौपाने र जिल्ला अध्यक्ष मेदनीप्रसाद न्यौपानेले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका छन् ।

कार्यक्रममा साहित्यकार हरिप्रसाद न्यौपाने, न्यौपाने बन्धुको स्थानीय समिति गौरादह अध्यक्ष ज्ञानबहादुर न्यौपाने र शिवसताक्षी नगर अध्यक्ष दुर्गा न्यौपानेलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा न्यौपाने बन्धुहरुको डायरी अनावरण समेत गरिएको छ । समाजका झापा उपाध्यक्ष गोविन्द न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नरहरि न्यौपानेले गरेका थिए ।

स्थानीय समितिको तर्फबाट बिष्णु न्यौपाने, सल्लाहकार संयोजक गुरुभक्त न्यौपाने, प्रमेश न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ८ : ५९ बजे