१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

एकीकृत सरकारी कर्मचारी संगठनको कार्यालय स्थापना




भद्रपुर– नेकपा एकीकृत समाजवादी पार्टीनिकट कर्मचारीको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन झापाले भद्रपुरमा कार्यालय स्थापना गरेको छ ।

संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले भद्रपुर–१० मा कार्यालय स्थापना गरिएको झापा जिल्ला अध्यक्ष निरोज कट्टेलले बताए ।

शुक्रबार संगठनकी केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश १ इञ्चार्ज भुवन राई तथा पार्टीका झापा जिल्ला कमिटी उपसचिव पदम सुब्बाले संयुक्तरुपमा कार्यालय उद्घाटन गरेका छन् ।

पार्टीका महासमिति सदस्य तथा पेशागत महासंघमा आबद्ध मदन खतिवडाको घरमा कार्यालय स्थापना गरिएको हो ।कार्यक्रममा संगठनका केन्द्रीय सदस्य रामप्रसाद पोखरेल, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङ, राष्ट्रिय कर्मचारी संगठन (निजामती) झापाका अध्यक्ष यदुनन्दन दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ८ : ०९ बजे