१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

एघार उद्यमी व्यवसायीलाई सम्मान




बिर्तामोड– झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवालाई उत्प्रेरणा दिनेहरुलाई ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले सम्मान गरेको हो ।

उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिमको समापनको अवसर पारेर कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी र कार्यकारी निर्देशक सरोज खरेलले उनीहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा खगेन्द्र काष्ठ फर्निचरका सञ्चालक खगेन्द्र खरेल, प्याक एण्ड प्याडल नेपालका सञ्चालक आकास श्रेष्ठ, डिएण्डडी बायो प्लानटेकका सञ्चालक डिल्लीराज उप्रेती, केक ग्यालरीका सञ्चालक बलराम राजबंशी, थर्ड होम कफीका सञ्चालक राम तिवारी छन् ।

पर्पल किचन तथा इन्टेरियरका सञ्चालक अजय चौधरी, धागो बुटीकका सञ्चालक सानि घिमिरे, लोटस सिटी मोवाइल हाउसका सञ्चालक उज्वल गुरागाई, साकम्वरी ट्रेड कन्सनका सञ्चालक सुभम गोयल, हिमालयन जनरल इन्स्योरेन्सका शाखा प्रमुख सुशिल गोयललाई पनि सम्मान गरिएको छ ।

तीन दिन सञ्चालन भएको उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप तालिममा जिल्लाभरका दुई सय विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००  ७ : ५१ बजे