- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा–पूर्वी नेपालका केही जिल्लामा किसानको सहजताका लागि धानको मूल्य तोकिएको छ। बीउ छर्ने समय नहुँदै एउटा निजी संस्थाले धान रोप्नु अगावै मूल्य निर्धारण गरेको हो।
व्यापारीको दैलोमा धान पुर्याउँदा पनि उचित मूल्य नपाउने किसानको बाध्यता छ । नेपाल कृषि केयर र आरजु राइस मिलले झापा, मोरङ र सुनसरीका किसानलाई सजिलो पार्न आगामी मंसीरमा पाक्ने धानको मूल्य तोकेको छ।
कृषि केयर र मिलले प्रदेश १ को कृषि मन्त्रालयको सहमतिमा विराटनगरमा एक कार्यक्रम आयोजना गरी आगामी मंसीरमा पाक्ने धानको मूल्य प्रति किलो ३० रुपैयाँ तोकेको छ।
कृषि केयरका सञ्चालक सदस्य रामचन्द्र खनालले चिस्यानको मात्रा १८ प्रतिशतसम्म भएको धानको मूल्य तोकिएको बताए। बजार मूल्य कम भए ३० रुपैयाँ दिइने र बजारको मूल्य बढेमा त्यसै अनुसार मूल्य लगाइने खनालले बताए।
उनले आगामी वर्ष ११ हजार मेट्रिक टन धान खरीद गरिने जानकारी दिए। यी तीन जिल्लाको तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ११ हजार मेट्रिक टन थान फल्ने अनुमान छ।
धान मिलका महाप्रबन्धक विवेकानन्द झाका अनुसार, नेपालमा वर्षमा करीब दुई खर्ब ५० अर्बको धान उत्पादन हुन्छ। तैपनि अपुग भएकाले ५० अर्ब बराबरको धान आयात हुने गरेको छ।
नेपालमा बढीजसो मोटो धान उत्पादन हुन्छ। उपभोक्ताको माग अनुसारको मसिनो चामल उत्पादन कम हुने भएकाले बाहिरबाट आयात हुने गरेको प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना बताउँछन्।