• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. नेपाल बारको अध्यक्षमा गोपीकृष्ण घिमिरे निर्वाचित
 नेपाल बारको अध्यक्षमा गोपीकृष्ण घिमिरे निर्वाचित
राजनीति

नेपाल बारको अध्यक्षमा गोपीकृष्ण घिमिरे निर्वाचित

by Speak २५ चैत्र २०७८, शुक्रबार ०८:५३
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७२८ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन्।

बारका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। बारको निर्वाचनमा ७४२९ मत खसेको थियो।

अब १४२९ मतगणना गर्न बाँकी छ। जबकी घिमिरे पाठकभन्दा १७५१ मतले अगाडि छन्। अब गणना गर्न सबै मत पाठकले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ।

आज मतगणना सक्ने तयारी भइरहेको पाठकले बताइन्। त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गरेकी छन्।

अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाएका छन्। यसैगरी, कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत पाएका छन्। अर्का उम्मेदवार जगतबहादुर कार्कीले २१८८ मत पाएका छन्।

मङ्गलबार बिहानदेखि मतगणना शुरु भएको थियो। बिहीबार राति मतगणना स्थगित भएको छ भने शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने भएको छ।

१९ चैतमा अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.