
शनिश्चरे नगर अस्पताल सिलान्यास
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
शनिश्चरे– झापाको अर्जुनधारामा शनिश्चरे नगर अस्पताल निर्माण हुने भएको छ । अस्पतालको सांसद पवित्रा निरौला र नगर प्रमुख हरिकुमार रानाले बिहीवार संयुक्तरुपमा सिलान्यास गरेका छन् ।
अर्जुनधारा–९ मा स्थानीय कृष्ण बरालको परिवारले दिएको एक विघा जग्गामा अस्पताल निर्माण हुन लागेको हो । नगर अस्पतालका लागि संघीय सरकारबाट १८ करोड बजेट उपलब्ध हुनेछ ।
हाललाई अस्पताल शुरु गर्न २ करोड बजेट बिनियोजन भएको अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । अस्पताल १५ शैयाको हुनेछ ।