- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
झापा– स्थानीय प्रशासनले दर्ता भएका हतियारको विवरण संकलन सुरु गरेको छ । निर्वाचन अघि हतियार बुझाउन दिएको आदेश पालना नभएपछि प्रशासनले दर्ता भएका हतियार र त्यसका प्रयोगकर्ताको विवरण संकलन गर्न थालेको हो ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालले झापामा दर्ता भएका हतियारबारे अध्ययन भइरहेको बताए । जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो ।
प्रशासनले चैत ८ मा नजिकको प्रहरी कार्यालयमा १५ दिनभित्र हातहतियार बुझाउन सार्वजनिक सूचना प्रकाशित गरे पनि त्यसलाई कसैले नटेरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठक कहीँकतै हतियार नबुझाइएको बताए । स्थानीय प्रशासनले झापाका ५१ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्थापन गर्ने जनाएको छ ।
















