७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पत्रकार झापाली गम्भीर अस्वस्थ्य



बिर्तामोड– पत्रकार लीलाराज झापाली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको छ । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा पत्रकार झापालीको उपचार भइरहेको छ ।

प्याङक्रियाजमा समस्या भएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्थाका बारेमा आज नेपाल पत्रकार महासंघ झापाले जानकारी लिएको छ । अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले विराटनगर पुगेर झापालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

झापालीको आइसीयुमा राखेर उपचार भइरहेको उनका सहकर्मी पत्रकार केशव चापागाईले बताए । उनलाई स्लाइनमार्फत औषधि दिइएको छ भने भोलि सिटीस्क्यान गर्ने चिकित्सकीय तयारी छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार ००:००  ७ : ५६ बजे