- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
बिर्तामोड– झापाका दुई लाख भन्दाबढी बालबालिकालाई भोलिदेखि टाइफाइविरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले झापाका २ लाख १५ हजार ३५० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने बताए । ‘यो अभियानपछि पनि नियमित खोप कार्यक्रम अन्तरगत सरकारले बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइरहन्छ’, उनले भने ।
झापामा विद्यालयबाहिर ३७ हजार १५५ बालबालिका छन् । उनीहरुलाई पनि टाइफाइडविरुद्ध खोप लगाइनेछ । खोप अभियान सञ्चालन गर्न झापामा ६९० खोप केन्द्र तोकिएको छ।
झापामा २२८ खोपकर्मी र ४५६ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको खोप फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए।


















