- सरोज ओली स्मृतिग्रन्थ प्रकाशित
- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- मोरङमा चालक सुध्रिए : कारवाही न्युन !
- सिएम शर्मालाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
- एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली
बिर्तामोड– झापाका दुई लाख भन्दाबढी बालबालिकालाई भोलिदेखि टाइफाइविरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले झापाका २ लाख १५ हजार ३५० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जनाएको छ ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने बताए । ‘यो अभियानपछि पनि नियमित खोप कार्यक्रम अन्तरगत सरकारले बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइरहन्छ’, उनले भने ।
झापामा विद्यालयबाहिर ३७ हजार १५५ बालबालिका छन् । उनीहरुलाई पनि टाइफाइडविरुद्ध खोप लगाइनेछ । खोप अभियान सञ्चालन गर्न झापामा ६९० खोप केन्द्र तोकिएको छ।
झापामा २२८ खोपकर्मी र ४५६ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको खोप फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिए।


















