
सुनसरीमा एमालेविरुद्ध गठबन्धन
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
सुनसरी– स्थानीय तह निर्वाचनमा सुनसरीमा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएको छ । बुधबार गठबन्धनका दलको इनरुवामा बसेको बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
सत्ता गठबन्धनले केन्द्रले गरेको निर्णय बमोजिम सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए ।
सरकारमा सहभागी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने गरी कार्यदल गठन गरेका छन् ।
कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले बताए ।
कार्यदलमा माओवादीबाट मुक्साहाङ मेन्याङबो, समाजवादीका बसन्त सुबेदी, जसपाका प्रदिप कार्की र जनमोर्चाका हरिलाल अधिकारी रहेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुले वडादेखि पालिका, नगरपालिका र उपमहानगरपालिकाका सबै तहमा सहमतिका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
सत्तागठबन्धन दलहरुको यो निर्णयसँगै सुनसरीमा एमालेविरुद्ध गठबन्धनबीच चुनावी प्रतिष्प्रधा हुने निश्चित छ। १२ वटा स्थानीय तह रहेको सुनसरीमा गत स्थानीय निर्वाचनमा धरान र इटहरी उपमहानगरपालिका तथा बराहक्षेत्र नगरपालिकामा एमालेले जितेको थियो ।