- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा– संसदीय समितिले सुपारीको आयात रोक्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस्तो आदेश दिएको हो ।
समितिको बुधबारको बैठकपछि विदेशबाट सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन दिइएको संसदीय समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।
‘सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छौँ’, उनले भने, ‘विदेशी मुद्राको सञ्चिति कम हुँदै गएकाले सुपारीजस्ता वस्तुको आयातमा रोक लगाउनुको विकल्प छैन् ।’
तेस्रो मुलुकबाट आयात गरी सुपारी भारत तस्करी हुने गरेको छ । गत माघ अन्तिमसाता बसेको मन्त्रिपरिषद् बैठकले सुपारी, केराउ र मरीचको आयात खुलाउने निर्णय गरेको थियो ।
सुपारी, केराउ र मरीचको आयात खुलाउँदा अर्थतन्त्रलाई थप असर पर्ने विज्ञहरुको सुझावलाई वेवास्ता गर्दा देशले आर्थिक संकट व्यहोर्नु पर्ने बाध्यता सिर्जना हुँदै गएको छ ।
औद्योगिक प्रयोजनका नाममा सीमित उद्योगी व्यापारीको स्वार्थका लागि आयात खुलाइएको आरोप लाग्दै आए पनि सरकार पछाडि हटेको छैन् ।
















