२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

झापाका २ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी




बिर्तामोड– सरकारले बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । देशव्यापी अभियान अन्तरगत चैत २५ गतेदेखि झापाका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी झापाका २ लाख १५ हजार ३५० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जनाएको छ ।