- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
- राजमार्ग विस्तारले खानेपानी आपूर्तिमा समस्या : सेवा सुधारमा बिर्तामोड खानेपानी प्रतिबद्ध
- मापसे गरेर चलाएको मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
- आम्दा मेची अस्पतालमा शवगृह बनाउने तयारी
- पत्रकार तिम्सिनालाई डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
झापा– स्थानीय तह निर्वाचनमा झापामा ६ हजार भन्दाबढी कर्मचारी परिचालित हुने भएका छन् । मतदाता संख्या बढेपछि थप कर्मचारी परिचालन गर्नु पर्ने अवस्था सिर्जना भएको हो ।
निर्वाचन कार्यालयका अनुसार १५ वटा स्थानीय तह रहेको झापामा २८६ मतदानस्थल र ७६० मतदान केन्द्र तोकिएको छ । ती केन्द्रमा ६ हजार भन्दाबढी कर्मचारी परिचालन हुने जिल्ल निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले बताए ।
निर्वाचनका लागि झापाको सरकारी कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक लगायतको विवरण मागिएको छ । झापा धेरै मतदाता भएको दोस्रो जिल्लाका रुपमा गनिन्छ । मोरङपछि झापामा सबैभन्दा धेरै ६ लाख ४६ हजार २ सय ३४ मतदाता छन् ।


















