बिर्तामोडको न्यायिक समिति जिल्लामै ‘उत्कृष्ट’
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– बिर्तामोड नगरपालिकाको न्यायिक समिति झापामा उत्कृष्ट भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको विषय क्षेत्र मानिएको समिति न्यायिक कार्य सम्पादनमा झापामै उत्कृष्ट भएको हो ।
झापामा १५ स्थानीय तह छन् । ती सबै तहमा उपप्रमुख र उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन हुने व्यवस्था छ । झापा जिल्ला अदालतले गरेको मूल्यांकनमा बिर्तामोडको न्यायिक समिति उत्कृष्ट भएको हो ।
प्रचलित कानुनी व्यवस्था, त्यसका आधारमा गरिएको न्याय सम्पादन र निरुपणले आफू नेतृत्वको समितिले उत्कृष्टता हासिल गरेको बिर्तामोड नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक पवित्रा महतारा प्रसाईले बताइन् ।
‘न्याय निरुपणको मूल्याङकनमा समितिले शत प्रतिशत सात अंक प्राप्त गरेको छ’, प्रसाईले भनिन् । उनले कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको बताइन् ।
‘लामो समयदेखि मिल्न नसकेका जटिल प्रकृतिका मुद्दामा समेत न्यायिक समितिले छिनोफानो गरी किनारा लगाएको छ’, उनले भनिन्, ‘ न्याय निरुपणमा कुनै अन्याय नहुने गरी काम गरे भन्ने लाग्छ ।’
न्यायिक समिति गठन भएयता नगरपालिकामा ३४७ वटा मुद्दा दर्ता भएका थिए । ‘दर्ता भएकामध्ये समितिले प्रचलित कानुनी व्यवस्थाका आधारमा ३२९ वटा मुद्दाको टुङ्गो लगाएको छ’, सोमवार आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख प्रसाईले भनिन् ।
वडा तहका मेलमिलाप केन्द्रलाई समेत न्याय निरुपणमा अब्बल बनाउन तालिमको व्यवस्था गरी मापदण्ड पुगेकालाई ‘मेलमिलापकर्ता’ मा सूचीकृत गरिएको छ ।
वडा कार्यालयको मेलमिलाप केन्द्रमा पनि सहजरुपमा मेलमिलाप भइरहेको समिति संयोजक प्रसाईले बताइन् ।