झापादेखि पोखरा हवाई उडान सुरु हुँदै
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड-लामो प्रतिक्षापछि झापादेखि पोखरासम्म उडान हुने भएको छ । निजी बायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी बैशाख २ गतेदेखि भद्रपुर पोखरा उडान गर्ने तयारी गरेको हो ।
लामो समयदेखि भद्रपुर पोखरा उडानको चर्चा चलिरहेको थियो । एमाले नेता रविन्द्र अधिकारीले पर्यटन मन्त्री हुँदा भद्रपुर–पोखरा उडानका लागि पहल थालेका थिए ।
दैनिक उडानको तालिका सार्वजनिक गर्दै बुद्ध एयरले भद्रपुर पोखरा सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ हुने जनाएको छ । पोखराबाट भद्रपुर दिउँसो १.२५ मा जहाज उड्नेछ। भद्रपुरबाट सोही जहाज पोखराका लागि दिउँसो तीन बजे उड्नेछ।
भारतसँग सीमा जोडिएको भद्रपुर विमानस्थलमार्फत पश्चिम बंगालका पर्यटक सोझै पोखरा जान पाउनेछन् । दार्जीलिङ तथा सिक्किमका पर्यटकले हवाई उडानमार्फत पोखरा जान काठमाडौँ हुँदै जानुपर्ने बाध्यता छ ।