- सरोज ओली स्मृतिग्रन्थ प्रकाशित
- जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- मोरङमा चालक सुध्रिए : कारवाही न्युन !
- सिएम शर्मालाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार
- एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ : केपी ओली
झापा– पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । आयल निगमसँग शनिबार चार बुँदे सहमति भएपछि उनीहरुको आन्दोलन फिर्ता भएको हो ।
उनीहरुले चैत ६ देखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोड अनलोड बन्द गरेका थिए । भोलिदेखि पूर्णरुपमा इन्धन बिक्री बन्द गर्ने तयारी थियो । त्यस अगावै आयल निगमसँग सहमति भएको हो ।
निगमका प्रवक्ता बिनितमणि उपाध्यायले व्यवसायीको मागको सन्दर्भमा सात दिनभित्र निष्कर्ष निकाल्ने गरी सहमति भएको बताए ।
पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा सात दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्ने गरी सहमति भएको हो ।
उनीहरुसँगै एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी र उद्योगीको आन्दोलन फिर्ता भएको हो ।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।


















