- एमाले महाधिवेशमा २४ सय प्रतिनिधि
- जेनजी आन्दोलनका शहीदको सूची राख्न निर्देशन
- झापामा तीन लाख ५० हजार मेट्रिक टन धान उत्पादन : बेमौसमी वर्षाका कारण ७८ करोडको नोक्सानी
- नाइट क्लवमा आगलागी : चार नेपालीसहित २५ जनाको मृत्यु
- असईले गरे आफ्नै चार महिने शिशुको हत्या
दमक– मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।
मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरेका छन् । उनले खेलको २९ औँ मिनेटमा गोल गरेका हुन् । ओलावलेले गरेको गोल नै निर्णायक भयो ।
मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए । म्यान अफ द म्याचको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए ।
बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।














