रुद्र गौरीद्वारा चार विधामा पाँच जनालाई जनही एक लाख पुरस्कार
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– रुद्र–गौरी, श्री–अम्बिका ओेली प्रतिष्ठानले चार विधामा पाँच जनालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले यस वर्ष पाँच लाख रुपैयाँ पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको हो ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बैशाख ४ गते काठमाडौंमा कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत गर्ने बताए । प्रतिष्ठानले २०६७ देखि कृषि, साहित्य÷ पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रमा पुरस्कार दिँदै आएको छ ।
नवौं वर्षको यात्रा तय गरिरहँदा प्रतिष्ठानले ५ लाख राशीको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ समेत थप गरेको छ।
पहिलोपटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट हिमालय शम्शेर जबरा पुरस्कृत हुने भएका छन् ।
रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ र ‘चन्द्रागिरी मेशिनरी उद्योग’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पुरस्कार राशी एक लाख एक हजार १११ रुपैयाँ छ ।
गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार काठमाडौं निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरुको आर्थिक सशक्तिकरणमा योगदान गरे वापत राशी एक लाख एक हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।
अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यस वर्ष विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले बताए । पुरस्कार राशीको एक लाख एक हजार १११ रहेको छ ।