झापाका पत्रकारलाई निर्वाचन केन्द्रित समाचार लेखन तालिम
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– नेपाल पत्रकार महासंघ झापा शाखाले निर्वाचन केन्द्रीत समाचार लेखनका सवालहरु र आचारसंहिता विषयक प्रशिक्षण आयाेजना गरेकाे छ ।
महासंघको ६७ औँ स्थापना दिवसको अवसर पारेर आज झापाको बिर्तामोडमा प्रशिक्षण आयाेजना गरिएको हाे । कार्यक्रममा सहभागी पत्रकारलाई नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा ५० भन्दाबढी पत्रकार सहभागी छन् । कार्यक्रममा विभिन्न संघ सङ्गठनका नेता तथा प्रतिनिधिले आ-आफ्नो धारणा राखेका छन् ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा आयाेजित प्रशिक्षण कार्यक्रमकाे उद्घाटन महासंघका पूर्व अध्यक्ष चिन्तामणि दाहालले गरेका छन्।