- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
मेचीनगर– प्रेस चौतारी नेपाल झापाका इन्चार्ज मोहन काजीले जन्मदिनको दिन शनिबार प्रेस चौतारी झापाको पत्रकार उपचार कोषलाई नगद दश हजार एकसय रुपैयाँ सहयोग गरेका छन् ।
लोकतन्त्र पोस्टको धुलाबारीस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै काजीले पत्रकार उपचार कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य तथा लोकतन्त्र पोस्टका सम्पादक समेत रहेका काजीले कोषका संयोजक सन्तोष आचार्यलाई रकम हस्तान्तरण गरेका हुन् ।
कोषका संयोजक एवम् प्रेस चौतारीका केन्द्रीय सदस्य आचार्यले चालु आर्थिक वर्षभित्र कोषमा १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएकोे जानकारी दिए । उनले कोषलाई सहयोग गर्न झापाका सबै पत्रकारलाई आग्रह गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रदेश कमिटी सदस्य अर्जुन कार्की, जिल्ला सचिव प्रकाश पौडेल, सदस्य खगेन्द्र घिमिरे, मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराल, नेकपा एमाले मेचीनगर–६ का वडा सचिव राजु पौडेल लगायतको उपस्थिति रहेको थियो ।