- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– मानव बेचबिखन तथा ओसारपसार मुद्दाका तीन फरार अभियुक्तलाई प्रहरीले समातेको छ । एक महिलासहित तीन जना अपराधी समातिएका हुन् । मानव बेचविखन मुद्दामा अदालतले कैद सजाय तोेकेका उनीहरु फरार रहँदै आएका थिए ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका वडा नम्वर–४ का ४४ वर्षीया सीता केरुङ, ५० वर्षीय इन्द्र सम्वाहाम्फे र ४३ वर्षीय हंशराज केरुङ छन् । २०७४ असार २८ गते सर्वाेच्च अदालतले उनीहरुलाई जनही सात वर्ष छ महिना कैद सजाय तोकेको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।