• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. झापाको कनकाई नगरपालिकामा पशु बीमा कार्यक्रम सुरु
 झापाको कनकाई नगरपालिकामा पशु बीमा कार्यक्रम सुरु
विजनेस कर्नर समाज

झापाको कनकाई नगरपालिकामा पशु बीमा कार्यक्रम सुरु

by Speak ३ चैत्र २०७८, बिहीबार ०८:५३
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

कनकाई– झापाको कनकाई नगरपालिकामा पशु बीमा कार्यक्रम सुरु भएको छ । बुधवार नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले वडा नम्वर–९ को घैलाडुब्बामा पशु बीमा कार्यक्रम शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले कृषि तथा पशुपालनलाई प्राथमिकता दिने नगरको नीति अनुसार पशु वीमा कार्यक्रम सुरु गरिएको बताए । ‘निर्वाचनका बेला जनतासँग गरेका सबै बाचा लगभग पूरा हुन लागेका छन्’, नगर प्रमुख पोखरेलले भने ।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजना अन्तर्गत पशु वीमा कार्यक्रम सुरु भएको हो ।

हिमालयन इन्स्योरेन्स कम्पनीसँग १५ दिनअघि भएको सम्झौता अनुरुप पशु बीमा कार्यक्रम सुरु भएको नगर प्रमुख पोखरेलले बताए । उनले पशु बीमा कार्यक्रममा सहभागी हुन सबै नगरबासी कृषकलाई आग्रह पनि गरेका छन् ।

पशु वीमा कार्यक्रमका लागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ । कनकाई नगरपालिकाबाट थप एक लाख रुपैंयाँ बराबरको प्रिमियम अनुदान व्यवस्थापन गरिएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले जानकारी दिए ।

एउटा पशु चौपायाको एक लाख बराबरको बीमा गर्दा कृषकले ६५० रुपैयाँ बुझाउनु पर्छ ।

https://www.speakcorner.com/2022/03/5312/15/

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.