- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बिर्तामोड– झापा गोल्डकपको फाइनल खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ मैदानमा उत्रिदैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।
झापा सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो । आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्पे्रmन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए ।
झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चार पटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए ।
यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । झापाले भने चारपटक उपविजेतामा चित्त बुझाएको थियो ।
पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।