- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापा गोल्डकपका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गोल्डकपको पाँचौं संस्करण चलिरहँदा शनिबार शिक्षा सहकारी संस्थाले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पुगेर उक्त सहयोग प्रदान गरेको हो ।
खेलकुदको विकास, स्थायित्व र खेलप्रेमी तथा खेलाडीको उत्साहका लागि सहयोग रकम उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
अध्यक्ष न्यौपानेले आपसी समन्वय, सहयोग र सद्भावबाट झापा गोल्डकपको गरिमा अझ बढ्दै गएकाले यस प्रकारका सहयोगलाई सबैले निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए ।
अध्यक्ष न्यौपानेको नेतृत्वमा उपाध्यक्ष हेमराज मिश्र, सञ्चालकहरु चीजा राई र लक्ष्मीप्रसाद घिमिरे तथा संस्थाका ऋण अधिकृत राजेन्द्र पोखरेलको टोलीले सहयोग रकम बराबरको चेक झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतलाई हस्तान्तरण गरेको हो ।
सामाजिक अभियानमा निरन्तर सहयोग गर्दै आएको शिक्षा सहकारी संस्थाले यसअघि पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि पनि ५१ हजार रुपैयाँ सहयोग गरेको थियो । बहुजातीय संग्रहालयसहितको झापा नाटक घरका लागि पनि यसअघि संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।
https://www.speakcorner.com/2021/12/4828/25/
https://www.speakcorner.com/2021/12/4716/04/