बुहारी आवाजकी उपाध्यक्षद्वारा जन्मदिनमा बालबालिकालाई सहयोग
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड– मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले जन्मदिनको अवसरमा आश्रित बालबालिकालाई शनिवार सहयोग गरेकी छन् । बिर्तामोड–४ स्थित लालीगुँरास टोलमा अवस्थित तारा नमस्ते बालग्राममा आश्रित बालबालिकालाई उनले खाद्य तथा विस्तारा सामग्री सहयोग गरेकी हुन् ।
संयुक्त आवाजकी जिल्ला उपाध्यक्ष गंगा भट्टराईका अनुसार संस्थाकी केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाको सहयोगमा उपाध्यक्ष काफ्लेले बालबालिकालाई ती सामग्री हस्तान्तरण गरेकी छन् । आज काफ्लेको जन्मदिन हो ।

तारा बालग्रामकी कोषाध्यक्ष यशोदा पोखरेललाई ती सामग्री हस्तान्तरण गरिएको उपाध्यक्ष भट्टराईले बताइन् । बालग्राममा १८ जना बालबालिका आश्रित छन् । उनीहरुको पालनपोषणका लागि दाताले समय समयमा सहयोग गर्दै आएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संयुक्त आवाजकी झापा जिल्ला संयोजक शिखा खड्का, सचिव कविता थापा, दमक उपशाखा संयोजक जमुना निरौला, उपशाखा सचिव रिना राई, जिल्ला सल्लाहकार रञ्जु प्याकुरेल, आजीवन जिल्ला सदस्य सम्झना दंगाल लगायतको सहभागिता रहेको थियो ।