- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
बिर्तामोड– मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले जन्मदिनको अवसरमा आश्रित बालबालिकालाई शनिवार सहयोग गरेकी छन् । बिर्तामोड–४ स्थित लालीगुँरास टोलमा अवस्थित तारा नमस्ते बालग्राममा आश्रित बालबालिकालाई उनले खाद्य तथा विस्तारा सामग्री सहयोग गरेकी हुन् ।
संयुक्त आवाजकी जिल्ला उपाध्यक्ष गंगा भट्टराईका अनुसार संस्थाकी केन्द्रीय अध्यक्ष यामु शर्मा सुब्बाको सहयोगमा उपाध्यक्ष काफ्लेले बालबालिकालाई ती सामग्री हस्तान्तरण गरेकी छन् । आज काफ्लेको जन्मदिन हो ।

तारा बालग्रामकी कोषाध्यक्ष यशोदा पोखरेललाई ती सामग्री हस्तान्तरण गरिएको उपाध्यक्ष भट्टराईले बताइन् । बालग्राममा १८ जना बालबालिका आश्रित छन् । उनीहरुको पालनपोषणका लागि दाताले समय समयमा सहयोग गर्दै आएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संयुक्त आवाजकी झापा जिल्ला संयोजक शिखा खड्का, सचिव कविता थापा, दमक उपशाखा संयोजक जमुना निरौला, उपशाखा सचिव रिना राई, जिल्ला सल्लाहकार रञ्जु प्याकुरेल, आजीवन जिल्ला सदस्य सम्झना दंगाल लगायतको सहभागिता रहेको थियो ।
















