१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

प्रदेश १ को नाम कोसी हुनुपर्ने एमाले अध्यक्ष ओलीको धारणा



बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशनलाई आज झापाको बिर्तामोडमा सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले कोसी प्रदेश बाहेक अरु नाममा आफ्नो पार्टीले समर्थन नगर्ने बताउनु भयो ।

सबै जातजाति र भाषाभाषीको सामूहिक पहिचानसँग कोशी सभ्यता जोडिएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एकल जातिय पहिचान स्वीकार गर्न नसकिने बताउनुभयो ।

नेपाली राजनीतिमा माओवादीको ओरालो यात्रा सुरु भएको बताउँदै एमाले अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको पार्टी पनि चिचिलामा ओइलाउन थालेको टिप्पणी गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले आज झापा विद्रोहका पाँचजना सहीदको स्मृतिमा सुखानीमा आयोजित कार्यक्रममा पनि सहभागी भई श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार ००:००  १ : ५२ बजे