- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– हिमाल सुरक्षा परिषद नेपालले सशस्त्र युद्धको घोषणा गरेको छ । आइतबार विज्ञप्ति निकालेर परिषदरले युद्धको घोषणा गरेको हो ।
संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्नु पर्ने परिषद्को माग छ । उसले खर्चले धान्न नसक्ने संघीयता खारेज हुनु पर्ने लगायतका २० बूँदे माग अगाडि सारेको छ ।
झापा प्रहरीले भने आपराधिक पृष्ठभूमिका कतिपय मानिस हिमाल सुरक्षा परिषद्का नाममा जोडिएर आतंक मच्चाइरहेको जनाएको छ । झापाको बिर्तामोड र दमकमा गत महिना बम राखेपछि हिमाल सुरक्षा परिषद् चर्चामा आएको थियो ।
सार्वजनिकस्थलमा बम पड्काउन खोजेपछि घटनाका योजनानकारसहित नौ जनालाई पक्राउ गरेर कानुनी कार्वाही चलाइएको झापा प्रहरीका प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।