
केरा ढुवानी गर्न किसानलाई सवारी साधन अनुदान
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत झापामा व्यवसायिक केरा खेती गर्दै आएका कृषकलाई ढुवानी साधन प्रदान गरिएको छ ।
झापा गाउँपालिका–३ रंगेथानको साधना साँस्कृतिक नमुना कृषक समूहलाई केरा खेतीको प्रवद्र्धन गर्न ८५ प्रतिशत अनुदानमा पिकअफ भ्यान प्रदान गरिएको हो ।
२३ लाख ६० हजार रुपैयाँको उक्त पिकअफ भ्यान प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले शनिवार हस्तान्तरण गरेका हुन् ।
रंगेथान क्षेत्रमा हाल १०५ हेक्टर जमिनमा १४ जना कृषकले सामूहिक केरा खेती गर्दै आएका छन् ।
ढुवानी साधन नहुँदा उत्पादन विक्रीका लागि विचौलियाको भर पर्नु परेको कृषक चन्द्र बस्नेतले बताए । बस्नेत केरा खेतीका लागि इजरायलमा साना किसान कृषि सहकारी मार्फत तालिम लिएर स्वदेश फर्किएका हुन् ।
कृषि मन्त्री दर्लामीले कृषिमार्फत देशलाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताए । ‘उन्नत मल विउ र प्रविधि उपलब्ध गरउन सरकार तयार छ’, उनले भने ।
झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले केरा र मकै खेतीका लागि देशकै नमुना भए पनि कृषकले उचित मूल्य नपाउँदा समस्या भएको बताए ।