१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

खोप किन्न विश्व बैकसँग दुई अर्व १४ करोड ऋण




झापा– सरकारले खोप किन्न विश्व बैकसँग ऋण लिएको छ । ऋण सम्वन्धी सम्झौता विहीवार भएको हो । सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको अर्थ सचिव मधुकुमार मरासिनीले बताए ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकबाट प्राप्त हुने ऋण सहायताबाट नेपालको ठूलो जनसङ्ख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ००:००  ९ : ३२ बजे