१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

सिलगुडी–काँकडभिट्टा अन्तरदेशीय प्रशारण लाइन बनाउन अध्ययन गर्ने तयारी




झापा– नेपाल र भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे संयुक्त प्राविधिक टोलीले अध्ययन गर्ने भएको छ ।

नेपाल–भारत सचिवस्तरीय संयुक्त सञ्चालन समितिको नवौं बैठकमा यस्तो सहमति जुटेको हो । सिलगुडी–काँकडभिट्टा अन्तरदेशीय प्रशारण लाइन बनाउन सकिने विषयमा बैठकमा छलफल भएको छ ।

ऊर्जा सचिव देवेन्द्र कार्की तथा भारतको विद्युत् सचिव आलोक कुमारको सहअध्यक्षतामा भएको बैठकले पूर्वी नाकाबाट अन्तरदेशीय प्रशारण लाइन बनाउन सकिने बारे सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।

बैठकमा भारतले नेपालको बिजुली खरिद गर्ने प्रतिबद्धता जनाएको छ । वर्षायाममा खेर जाने बिजुली भारत निर्यातका लागि सैद्धान्तिक सहमति भएको सरकारी अधिकारीले जनाएका छन् ।

नेपालमा गएको बर्खामा दैनिक ६ सय मेगावाटसम्म बिजुली खेर गएको थियो । उक्त समयको बिजुली किनिदिन भारतलाई आग्रह गरिएको हो। हाल ३९ मेगावाट बिजुली मात्रै भारत निर्यात भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ००:००  ९ : २३ बजे