- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
मोरङ– भारतीय नक्कली रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको छ ।
भारतको पुर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुमलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर–१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार भई भारतबाट विराटनगरतर्फ आइरहेका तीनै जनालाई पक्रेको छ ।
४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।