१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

शिक्षा विधामा उत्कृष्ट नारी सम्मानको तयारी




बिर्तामोड– पूर्व अध्यक्ष क्लवको सक्रियतामा वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान कार्यक्रमको तयारी गरेको छ । वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २३ मा उत्कृष्ट नारी सम्मान गरिने बताइन् ।

यसबर्ष उत्कृष्ट नारी सम्मानका लागि ‘शिक्षा’ विधा चयन गरिएको छ । कार्यक्रम संयोजकको जिम्मेवारी वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीलाई दिइएको छ ।

नारी सम्मानका लागि छनौट समिति समेत गठन गरिएको छ । समितिमा कनकाई कलेज विर्तामोडका संस्थापक शिक्षासेवी जयनारायण ढुंगाना संयोजक छन् ।

समितिमा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र मेची क्याम्पस भद्रपुरकी पूर्व क्याम्पस प्रमुख टीका प्याकुरेललाई सदस्यको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ००:००  ८ : २९ बजे