- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
झापा– कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिहीवारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका हुन् ।
मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् । हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।